सुदूरपश्चिममा सत्तारुढ दलले बजेटमाथि असन्तुष्टिको नाटक देखायोः एमाले दलका नेता रावल
2023/07/11, 3:22
 
dd

सुदूरपश्चिम प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सत्तारुढ दलले बजेटमाथि असन्तुष्टिको नाटक गरेको आरोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशसभामा हुनुपर्ने छलफललाई ‘कुटिलतापूर्वक’ छलेर सत्ता गठबन्धनले आगामी आर्थिक वर्षको बजेट पारित गर्न लागेको भन्दै आपत्ती जनाएका हुन्। प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सरकार र सत्ता गठबन्धनले चलाखीपूर्ण तरिकाले बजेट पारित गर्न खोजेको आरोप लगाए।

सत्ता गठबन्धनले असन्तुष्टिको नाटक गर्दै  असार १ मा प्रस्तुत भएको बजेटमा हुनुपर्ने छलफल टारेर अन्तिममा पारित गर्न खोजेको नेता रावलले बताए। उनले २५ दिन भन्दा बढी समय भैसक्दा मन्त्रीहरु घुमघाममा लाग्ने, सदनमा विषयगत छलफल नै नगराई पारित गर्ने हुँदा सत्ता गठबन्धनका दलले बजेटमाथि असन्तुष्टिको नाटक गरेको बताए ।  असार ३१ भित्र बजेट पारित गर्नेुपर्ने कानुनी बाध्यता छ। सोमबार सरकार र असन्तुष्ट सत्तारुढ दलबीच छलफलमा बजेट असन्तुष्टिको बारेमा छलफल गरिएको थियो। सत्ता गठबन्धनका दलहरु बजेट पारित हुन नदिने यसअघिको अडानबाट पछाडि हट्ने सम्भावना रहेको छ। यस्तै सत्ता गठबन्धनभित्रको असन्तुष्टिलाई अन्तिम समयमा मात्रै सम्बोधन गरेर बजेटमाथि प्रतिपक्षी दलहरुलाई छलफल गर्नबाट बञ्चित गरिएको रावलले आरोप लगाएका छन् । उनले

सदनबाट विषयगत समितिका छलफल चलाएर संशोधनसहित बजेट पारित गर्नुपर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर गएको बजेटलाई बाटोमा ल्याउन संशोधन हुनुपर्ने उनको भनाई छ। सरकारले असार १ गते चालुतर्फ नौ अर्व ५९ करोड ६० लाख दुई हजार तथा पुँजिगततर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजार गरि २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।