नवजीवन सहकारी संस्था लिमिटेडको मुनाफा १३ करोड रुपैया
2023/07/21, 10:31
 
ss

नवजीवन सहकारी संस्था लिमिटेडले कोभिड र आर्थिक संकटको असरका बीच १३ करोड रुपैया भन्दा बढि मुनाफा आर्जन गरेको छ ।नवजीवन सहकारी संस्था लिमिटेडका अनुसार आर्थिक वर्ष २०७९र८० मा १३ करोड १६ लाख २४ हजार चार सय १२ रुपौया मुनाफा कमाएको छ ।

यो मुनाफा आर्थिक २०७८/७९ भन्दा एक करोड ७१ लाख ६३ हजार छ सय ६८ रुपैया बढि हो । उसले आर्थिक वर्ष २०७८र७९ मा ११ करोड ४४ लाख ६० हजार सात सय ४४ रुपैया मुनाफा कमाएको थियो । त्यसअघि २०७७/७८ मा उसको मुनाफा ११ करोड ७२ लाख ७६ हजार तीन सय १८ रुपैया मुनाफा थियो ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमले कोभिड र आर्थिक संकटका बीच पनि ग्राहकहरुको विश्वास र सहयोगका कारण आर्थिक वर्ष २०७९र८० मा सोचेभन्दा राम्रो मुनाफा आर्जन भएको बताए । नवजीवन सहकारी संस्थाले धनगढीस्थित केन्द्रीय कार्यालय सहित ११ वटा शाखा मार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

जसमध्ये यस पटक एक पुरानो र तीन नयाँ शाखा घाटामा गएका छन् । सबैभन्दा पुरानो शाखा धनगढी घाटामा गएको छ । त्यस्तै राजपुर, चौमाला र हसुलिया शाखा समेत यो पटक घाटामा छ ।  गत वर्ष छ करोड ३७ तीन हजार चार सय ७६ रुपैया मुनाफा कमाएको धनगढी शाखाको यो पटक मुनाफा घटेर पाँच करोड ५७ लाख ७९ हजार ११ रुपैया भएको छ । गतवषर्कको भन्दा यो मुनाफा ७९ लाख २४ हजार चार सय ६५ रुपैयाले कम हो ।

तर धनगढीस्थित केन्द्रीय कार्यालयको मुनाफा भने गतवर्षको तुलनामा ८१ लाख ४७ हजार तीन सय ७३ रुपैया बृद्धि भएको छ । यस पटक केन्द्रीय कार्यालयको मुनाफा एक करोड ८२ लाख ७८ हजार पाँच सय ४४ रुपैया भएको छ । दुई वर्ष देखि घाटामा रहेका राजपुर, चौमाला र हसुलिया शाखाले घाटा रकमको अन्तर भने यस पटक घटाएको छ ।

२०८० असार मसान्तसम्म राजपुर शाखा २१ लाख ८ हजार आठ सय ४१, चौमाला शाखा ४४ लाख ९१ हजार सात सय ७४ र हसुलिया शाखा ५३ लाख १४ हजार छ सय ३५ रुपैया घाटामा रहेको नवजीवन सहकारी संस्थाले जनाएको छ ।  संस्थाका अध्यक्ष बमले नयाँ शाखाहरुको घाटा रकम पनि कम हुदै गएको र केही वर्षमै ती शाखाहरु मुनाफामा जाने विश्वास गरे ।  उनले सहकारीमा निक्षेप पर्याप्त रहेको र सुरक्षित कर्जा प्रवाह भईरहेकोले सहकारीको अवस्था थप सुदृढ हुदै गएको बताए ।