
कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । मुलुकमा कोभिड–१९ भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।

मंगलबार मात्रै ७४ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भोली विहीवारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताए ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तीले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचय पत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58