डाेटीमा मेयरद्वारा आफ्नै स्वकीय सचिब माथि खुकुरी प्रहार
2023/08/18, 2:37
 
डाेटीमा मेयरद्वारा आफ्नै स्वकीय सचिब माथि खुकुरी प्रहार

डोटी - शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको खुलेको छ ।
मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । यश घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन् ।
मेयर बलायरका बिरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस लेखेका ठगुन्नाले आफ्नो टाउकोमा चोटलागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गरेका छन् ।
घटना किन के कारणले भएको हो अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन् । केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव ठगुन्नाबीच विवाद भएको बताइएको छ। नाताले काका–भतिजा पर्ने उनीहरुबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ।नगरपालिका स्रोतका अनुसार गाउँबाट १ जना बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजानु परेपछि एम्बुलेन्सको खोजी भएको थियो।
घटना बारेमा आफुलाइ फेसबुक मार्फत नै जानकारी प्राप्त गरेको नगरपालिकाका प्रबक्ता धिर्क सिंहले बताए ।