प्रधानमन्त्रीको चीन भ्रमणमा किन अटाएन सुदूरपश्चिमको एजेण्डा
2023/10/01, 2:26
 
ss

चीनको भ्रमण सकेर फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्रि एनपी साँउदले मिडिया सामु भने, भ्रमण सोचे भन्दा बढि सफल भयो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र  मन्त्रि साँउदले सोचेभन्दा सफल भनेर व्याख्या गरिएको त्यो भ्रमण र त्यसको उपलब्धी सुदूर पश्चिमका लागि भने कागलाई बेल पाक्यो हर्ष न बिस्मात झै भएको छ । सुदूर पश्चिमका जनताका तर्फबाट राखिएका कुनै पनि माग त्यो सफल भनिएको भ्रमणमा परेनन ।

सुदूर पश्चिमका जनता प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई लिएर निकै आशावादी थिए ।सुदूर पश्चिमबाट प्रतिनिधि सभामा निर्बाचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साँउद परराष्ट्र मन्त्रीका रुपमा प्रधानमन्त्री प्रचण्डसंग अमेरिकासंगै चीन भ्रमणमा थिए । तर चीन भ्रमणमा साँउदको भौतिक उपस्थिति मात्रै देखियो । उनले न त सुदूर पश्चिमको एजेण्डाका विषयमा बोले । न त सुदूर पश्चिमको कुनै एजेण्डालाई सरकारका तर्फबाट छलफलको विषय बनाए । उनी सुदूर पश्चिमका सवालमा मौन रहे । उनले सुदूर पश्चिमका जनताको भावना र माग सुनेनन ।

उनी सुदूर पश्चिमका सवालमा अलिकति पनि चिन्तित र गम्भीर देखिएनन । तिंकर–ताक्लाकोट नाका र उरई–ताक्लाकोट नाका खोल्नु पर्ने सुदूर पश्चिमका जनताको माग उनले सुनेनन । जवकी प्रधानमन्त्री प्रचण्ड र उनलाई परराष्ट्र मन्त्रिका हैसियतमा सुदूरपश्चिमका नेताहरु र नागरिकका तर्फबाट चीन भ्रमणमा सुदूरपश्चिमका नाकालाई एजेण्डा बनाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको थियो ।

उनले चाहेको भए सरकारको एजेण्डामा तिंकर–ताक्लाकोट नाका र उरई–ताक्लाकोट नाका पार्न सक्थे । किनकी उनी प्रधानमन्त्री प्रचण्डपछि बरियताक्रममा दोस्रो ठूलो पदासीन मन्त्रि थिए । त्यसका लागि यहाँका जनताले ज्ञापन पत्र नै बुझाउनु पर्दैनथ्यो । किनकी सुदूर पश्चिमका समस्या र आवश्यकता उनलाई जानकारी नभएको होईन ।

उनले तिंकर–ताक्लाकोट नाका र उरई–ताक्लाकोट नाका खोल्ने कुरालाई सरकारको एजेण्डामा पारेर पनि चीन सरकारले त्यसलाई पुरा गर्न ईच्छा व्यक्त नगरेको भए सुदूर पश्चिमका नागरिकले सोच्थे, मन्त्रि साँउदले त आफ्नो तर्फबाट कोसिस गरेकै हुन् । मन्त्रि हुनु । देशविदेश घुम्नु । शयर गर्नु । के यति नै काम हो, सुदूरपश्चिमबाट निर्बाचित हुने नेताहरुको जिम्मेवारी र दायित्व रु आफ्नो क्षेत्र र जनताप्रति उत्तरदायी हुनु पर्दैन रु

मन्त्रि साँउदकै पहलमा नाका खोल्ने पहल भएको भए उनकै राजनैतिक कद बढ्थ्यो । सुदूर पश्चिमका जनताले उनलाई सधै सम्झिन्थे । उनी सधैभरी मन्त्री हुने होईनन । मन्त्रि भएका बेला सुदूर पश्चिमका लागि उनले कुनै कार्य गरेनन भने उनलाई यहाँका जनताले मन्त्रि भएकोमा गर्व गर्ने छैन । बरु धिक्कार्नेछन, कस्तो नालायक मान्छेलाई जिताएर पठाएछौ भनेर । सुदूर पश्चिम प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्रि डा। रण बहादुर रावलले मित्रराष्ट्र चीनको भ्रमणमा कम्तिमा  परापूर्वकाल देखि चल्दै आएको तर पछिल्लो समय बन्द रहेको उरै नाका खोल्ने एजेण्डा नपरेको दुःख व्यक्त गरेका छन् ।

डा। रावल सामाजिक सञ्जालमा लेख्छन्, कठै मेरो सुदुरपश्चिम साँच्चिकै सुदूर रहेछस ।  उत्तर ताक्लाकोट, तिब्बत, चीनतर्फको नाका ९उत्तर० उरै भन्ज्याङ्ग, सैपाल , बझाङ्ग र तिंकर, ९दार्चुला०  सुदुरपश्चिमकै लागि मात्र नभै नेपाल कै लागि महत्वपूर्ण हुन। सम्माननीय प्रधानमन्त्री ज्यू भारत जादा होस वा चीन जादा होस सुदुरपश्चिमका भारत सङ्ग वा चीन सङ्ग जोडिएका नाकाहरु खोल्ने र सञ्चालन गर्ने बारे कहिलै स्थान पाएन रु  साथै यसपाली नाका बाहेक कमसेकम केहि  थप पूर्वाधारहरु बनाउने बारे पर्ला भन्ने आशा पनि पानीमा मिल्यो। उनी अगाडि लेख्छन्, मित्रराष्ट्र चीनको भ्रमणमा कम्तिमा  परापूर्वकाल देखि चल्दै आएको तर पछिल्लो समय बन्द रहेको उरै नाका खोल्ने बारे एजेण्डा पर्ला भनेको त्यो पनि परेन ।   सारै दुख लाग्यो।

यो नाका मात्र खुल्दा उत्तर दक्षिणको कनेक्टिभिटी राम्रो हुने साथै मित्रराष्ट्र भारतमा भएका करोडौं हिन्दुहरु कैलाश पर्वतको जग मानिने सुदुरपश्चिमका पर्बतहरु हुदै आराध्यदेव शिव भगवान बिराजमान भएको कैलाश पर्वत र मानसरोवर दर्शन गर्न लाई सहज हुने थियो, उनी अगाडि थप्छन्, स्मरण रहोस स्कन्दपुराणका अनुसार हजारौ वर्ष पहिले ८४ हजार ऋषिहरुले सुदुरपश्चिमकै सिमाना नजिक भएको नैमिसारण्यमा यग्य गरेर कैलाशको तीर्थाटन गरेको उल्लेख गरेको पाइन्छ। यो तिर्थाटनलाई बल पुर्याउन मित्रराष्ट्र भारत, उत्तर प्रदेश सरकारले प्रतेक कैलाश तिर्थालुहरुलाइ जनहि १ लाख दिने निर्णय समेत गरेको छ। यत्रो धार्मिक प्रयटन र ब्यापारको सम्भावनालाइ मध्यनजर नगरिदा हामी सुदुरपश्चिमबासिहरु कति पछाडि पारिने हो भन्ने पिडाले सताएको छ।

पर्यटन व्यवसायी परमानन्द भण्डारी सरकारको प्राथमिकतामा सुदूर पश्चिममा नपरेकोमा दुःख व्यक्त गर्छन । यस पटक प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा उरै र तिंकर नाका खोल्ने एजेण्डा पर्नेमा आशावादी थियौ, भण्डारी भन्छन्, तर सरकारले सुदूर पश्चिम यो देशको भूगोल भित्रको भाग हो भन्ने ठानेन ।