साँफे–मार्तडी सडक सुचारु, बाजुराका किसान स्याउ टिप्न थाले
2023/10/08, 12:25
 
ss

साँफे–मार्तडी सडक सुचारु भएको छ। लामो समयदेखि बन्द रहेको सडक सुचारु भएको हो। बाजुरालाई सुदूरपश्चिमका अन्य जिल्लासँग जोड्ने सडक सुचारु भएसँगै किसान स्याउ टिप्न थालेका छन्। जिल्लाका किसान अर्गानिक स्याउ बिक्रीका लागि टिप्न थालेका हुन। 

साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक मर्मत भएसँगै  किसानले स्याउ टिप्न सुरु गरेका छन्। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार अनुदानमा ढुवानीका लागि किसानले स्याउ टिप्न थालेका हुन्। किसानका बारीमा स्याउ राम्रो फाल्नेरेको भए पनि बिक्रीका लागि भने सडक नभएकाले समस्या रहेको थियो। 

बाजुरामा अधिकांश किसानको पछिल्लो समय स्याउ उत्पादनमा निकै चासो बढ्दैगएको छ। यता स्याउ पाक्ने बेलामा सधैँ सडक अवरुद्ध हुँदा बिक्रीमा समस्या हुने गरेको किसानले बताएका छन्। मार्तडी–कोल्टी सडक अवरुद्ध भएका कारण केही समय स्याउ बारीमा रहेको थियो। यतिबेला सडक सुचारु भएसँगै किसानले स्याउ टिप्न सुरु गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए। 

जिल्लाका स्थानीय तहहरुको ४०, कृषि ज्ञान केन्द्र बाजुरा ४० र कृषकको २० प्रतिशत लगानीमा बाजुरामा उत्पादन भएकोस्याउ बिक्रीका लागि धनगढी, नेपालगञ्ज र सुर्खेत लिने तयारी थालिएको हो। बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा र गौमुल खप्तड छेडेदहलगायतका किसानले बिक्रीका लागि बाहिर लग्नेगरी स्याउ टिप्न सुरु गरेको छ। बाजुराको एकसय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुनेगर्छ।