![ss](/sites/default/files/styles/flexslider_full/public/2023-11/shukla.jpg?itok=2clJUJNj)
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमघाम गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । चाडपर्वको अवसर पारेर आन्तरिक पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिरहेकाले अवलोकन गर्नेको सङ्ख्यामा बढोत्तरी भएको हो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
आन्तरिक पर्यटकमा पनि सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशकै व्यक्ति रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । विगत वर्षको तुलनामा यो बेला शुक्लाफाँटा घुमघाम गर्ने पर्यटकको बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।
उनले दैनिक सय, डेढ सयको हाराहारीमा पर्यटकले निकुञ्ज अवलोकन गरिरहेको उल्लेख गर्नुभयो । “अरु बेलाको तुलनामा अहिले शुक्लाफाँटा घुम्न आउने पर्यटकको भिडभाड छ” ऐरले भन्नुभयो, “जसमा ९० देखि ९५ प्रतिशत आन्तरिक र थोरै बाह्य पर्यटक रहेका छन् ।”
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
चाडपर्वको बेला पारिवारिक घुमघाम र विद्यार्थीको भ्रमण गन्तव्य शुक्लाफाँटा बनेको जनाइएको छ । शुक्लाफाँटाको फाँटमा रहेको बाटोमा हिलोका कारण गाडी गुड्न नसकेको बेला मात्रै निकुञ्जभित्र पर्यटक जाने गरेका छैनन् । निकुञ्ज प्रवेश भने सधैं खुल्ला रहनेगरेको सूचना अधिकारी ऐरले बताए।
यो निकुञ्ज बाह्रासिंगाको ठूलो झुन्ड, पाटेबाघ, कृष्णासार, एकसिंगे गैडा लगायतका वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध रहेको छ । यसैगरी, चरा अवलोकनका लागि मात्रै कतिपय विदेशी र भारतीय पर्यटक पनि आउनेगरेका छन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)
गत आर्थिक वर्ष २०७९–८० मा तीन हजार ६७ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३२ सार्क राष्ट्रका, ११८ विदेशी र दुई हजार ८१७ आन्तरिक पर्यटक रहेका थिए । यसअघि, आर्थिक वर्ष २०७८–७९ मा दुई हजार ७२९ जना पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए ।
चाडपर्वको बेला शुक्लाफाँटा घुम्ने पर्यटककोे सङ्ख्यामा बढोत्तरी भएपछि त्यहाँ काम गर्ने नेचर गाईडहरुको पनि व्यस्तता बढेको छ । चाडपर्वको बेला शुक्लाफाँटा घुम्नेहरु बढेको उल्लेख गर्नुहुँदै नेचर गाईड विष्णुप्रसाद पनेरुले पर्यटक आएपछि ठीकठीकै आम्दानी भइरहेको बताए ।
![](https://khabarkunj.com/sites/default/files/2021-01/SAMAR-MEDICAL-HALL.gif)
“अहिले बोर्डरमा समस्याले गर्दा विदेशी पर्यटक भने आउन चाहेर पनि आउन पाइहरहेका छैनन्” उनले भने । नेपाल–भारत गड्डाचौकी सीमा नाकामा भारतले विदेशी पर्यटकको आउजाउमा रोक लगाएको जनाइएको छ । भारतीयलाई आउजाउ गर्न कुनै समस्या नरहे पनि विदेशीलाई भने भारतले रोकिरहेको निकुञ्जका सूचना अधिकारी ऐरले बताए ।