सेनाको हेलिकप्टरद्धारा पहिरो प्रभावितका लागि राहत सामाग्री बझाङ पुग्यो
2020/07/04, 8:18

पहिरो प्रभावितका लागि राहत सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ । संघ र प्रदेश सरकारले पठाएको खाद्यान्न र लत्ताकपडा लगायतका सामग्री लिएर सेनाको हेलिकप्टर सदरमुकाम चैनपुर पुगेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

चैनपुरबाट सामान गाडी मार्फत् प्रभावित क्षेत्रमा लगिने उनले बताए । बझाङमा पहिरोमा पुरिएका ७ जनाकै शव फेला परेको छ । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा ७ जना पुरिएका थिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27