सुदूरपश्चिम महोत्सवको तयारी सुरु
2023/11/24, 5:21
 
ss

सुदूरपश्चिम महोत्सव अगामी मंसिर २२ गतेदेखि हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सवको १७ औँ संस्करण २२ देखि पुष २ गतेसम्म धनगढीमा सञ्चालन हुने भएको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा महोत्सव सञ्चालन हुने जानकारी दिए ।

व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए । उनकाअनुसार उद्योग वाणिज्य संघले दुई करोडको लगानीमा आयोजना हुने महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर चार सय स्टल रहने वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।

ओझाले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दिइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताउँदै त्यसका लागि ३० वटा उपसमिति बनाइएको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।