सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थमा कबुल रकमको २० प्रतिशत ठेकेदारले अग्रिम भुक्तानी गर्नुपर्ने
2023/11/24, 5:34
सुदुरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको ठेक्काका लागि कबुल रकमको २० प्रतिशत अग्रिम दाखिला गर्नुपर्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले ८० प्रतिशत कबुल रकम वाफत व्यवसायीबाट ठेक्का अवधि भरका लागि मान्य हुने गरि निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले आज बसेको मन्त्रीपरिषदको बैठकले नदि जन्य पदार्थ ब्यवस्थापन पहिलो संशोधन कार्य विधि २०८० पारित गरेको जानकारी दिए । उनका अनुसार जसमा कबुल रकममा लाग्ने पुरै कर रकम र कबुल रकमको २०५ रकम दाखिला गर्न लगाई बाकी ८०५ कबुल रकम बाफत ब्यवसयीबाट ठेक्का अवधी भरको लागि मन्य हुने गरि स्वीकृत गरिएको छ ।
यसअघि पुरै कर रकम र कबोल रकमको ५०५ दाखिला गर्न लगाई बाकी ५०५ कबोल रकम बाफत ब्यवसायीबाट ठेक्का अवधी भरको जमानत लिई दोस्रो किस्ताको कबोल रकम दाखिला गर्नु पर्ने ब्यवस्था गरिएको थियो ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/10/04, 12:26
2021/11/10, 6:31