
दार्चुलामा अरिङ्गालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ। दार्चुला महाकाली नगरपालिका- ९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।

घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको-९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए।
घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02