
नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेल्धुरासम्म पुगेको छ। बिहीबार जुलाघाटबाट सुरू भएको पद यात्रामा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता यतिबेला डडेल्धुराको अमरगढी नगरपालिकास्थित एक होटलमा बसेका छन्।

डडेल्धुरा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। सोही कारण अध्यक्ष ओलीले एकाबिहानै देउवालाई फोन गरेर सम्झेका छन्। उनले सार्वजनिक गरेको भिडियोमा देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भनेको सुनिछ।
उताबाट देउवाले एमालेले थालेको अभियानलाई शुभकामना दिएको भिडियोबाट प्रष्ट भएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39