![gjuygirdt](/sites/default/files/styles/flexslider_full/public/2023-12/Untitled-1.jpg?itok=2tmPrJ-K)
सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएको एउटा गीत अहिले सर्वत्र चर्चामा छ तर कल्पना भने बिजुलीबत्ती र टेलिफोन नभएको गाउँमा गुमनाम भएर बसेकी छन् । लोकगायक विष्णु खत्रीसँग ‘गैरीखेत’ र बाल गायक सुप्रिम मल्लसँग ‘बझाङ बाजुरा’ बोलको गीतमा कल्पनाको आवाज सजिएको छ । यी गीत अहिले युट्युबमा चर्चित छन् । सिद्धनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत कल्पनाको स्वर कोइलीको जस्तो सुमधुर भएको श्रोताको भनाइ छ । कल्पनाको गाउँमा बिजुलीबत्ती, इन्टरनेट र टिभी केहीको सुविधा छैन ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
रेडियो तथा एफएममा लोकगीत सुनेर गीत गुनगुनाउन सुरु गरेकी कल्पनाका दुइटै गीतले बजार तताएपछि आफन्त पनि निकै खुसी देखिएका छन् । बुवा नरेन्द्र विष्ट रोजगारीका लागि भारत जानुभएको छ । गरिबी अभावसँग सङ्घर्ष गरेर गीतरसङ्गीत सिक्ने र पढ्ने रहर छ उनको । गरिबीका कारण पढ्न र गीतरसङ्गीत सिक्न नपाएको कल्पनाले पीडा सुनाए । घरको आर्थिक अवस्था नाजुक भएका कारण गीतरसङ्गीतसँगै पढाइ गर्ने कल्पनाको धोको अधुरै रहेको आमा सानु विष्टले बताए । छोरीको स्वर राम्रो भएर पनि अवसर नपाएकाले पछि परेको भनाइ आमाको छ । युट्युबमा चर्चा बटुल्न आउनेको सङ्ख्या बढी भए पनि पढाइमा सहयोग गर्ने कुनै निकाय नआएको कल्पनाले बताएकी छिन् । गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखाले कुनै चासो र सहयोग गरेको छैन ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)