उकालो लाग्यो सेयर बजारसँगै कारोबार रकम
2023/12/18, 3:40
 
aa

लामो समयदेखि तनावमा रहेका सेयर लगानीकर्ता उत्साहित हुन थालेका छन् । सेयर बजारसँगै कारोबार रकम पनि बढ्न थालेपछि लगानीकर्ता उत्साहित देखिएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार पाँच अर्ब १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से ३८/१४ अंकले बढेर २०६०।४९ विन्दुमा रोकिएको छ । ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । तीन कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०।३३ प्रतिशतले घटेको छ ।