१७ औँ सुदुरपश्चिम महोत्सव सम्पन्न
2023/12/22, 12:25
 
dd

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन भइरहेको सुदुरपश्चिम महोत्सव बिहीवार सम्पन्न भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेबाट सुरु भएको १७ औँ सुदुरपश्चिम महोत्सव २०८० आज ९बिहीवार० सम्पन्न भएको हो।

महोत्सवको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समापन गरेका हुन्। महोत्सव मंसिर २२ गते देखि पौष ५ गते सम्म सञ्चालन भएको छ। महोत्सव सुरुमा पौष २ गते सम्म सञ्चालन गर्ने भनेपनि दर्शकको उपस्थिति र मागलाई मध्यनजर गरेर पौष ५ गते सम्म लम्ब्याइएको थियो।