सुदूरपश्चिम प्रदेशमा लगानी सम्मेलनका लागी ५५ आयोजनाको सूची तयार, के के समेटिए ?
2024/01/21, 1:54
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनका लागी अहिलेसम्म ५५ आयोजनाको सूची तयार गरेको छ । आगामी फागुन २३ र २४ मा धनगढीमा हुँने ‘प्रदेश लगानी तथा विकास सम्मेलन’ को लागी प्रदेश सरकारको मूल आयोजक समितिले सो संख्यामा आयोजनाको सूची तयार गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाह संयोजकत्वमा रहेको समितिले लगानीकर्ता, परामर्शदाता तथा विज्ञसँगको छलफलबाट ती आयोजनाको सूची बनाएको हो । समितिका कार्यकारी सदस्य नृपबहादुर सुनारले सम्मेलनमा राखिने आयोजनाको सूची परिष्कृत बनाउन विस्तृत विवरण तयार गरिरहेको जानकारी दिए । लगानीकर्ता, सम्बन्धित निकाय, परामर्शदाता र विज्ञसँग छलफल गर्ने क्रम जारी रहेको उनले बताए । समितिले बनाएको सूचीअनुसार पर्यटन क्षेत्रका १२, उद्योग तथा खानीका १०, कृषिका १८, वन क्षेत्रका २, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ५, ऊर्जाका २, सूचना–प्रविधि क्षेत्रका ३ र शिक्षाका ३ आयोजना छन्।

बूढीतोला रिसोर्ट, कर्णाली टापु रिसोर्ट, महाकाली रिभर वाटर फन पार्क, शुक्लाफाँटा वाइल्डलाइफ रिसोर्ट, त्रि–त्रिवेण धाम ९सेती–कर्णाली, भेरी–कर्णाली र मोहना–कर्णाली०मा डुंगा र सडक कनेक्टिभिटी, टीकापुर पर्यटकीय पार्क, रामारोशन, बडिमालिका खप्तड इको टुरिजम रिसोर्ट, अपि र साइपालमा हिमालय वाटर प्रोजेक्ट, कर्णाली, सेती र महाकालीमा र्‍याफ्टिङ,कर्णाली पुल बहुआयामिक पर्यटन परियोजना, पाँचतारे होटल, हेलिकप्टर सफारीजस्ता आयोजना पर्यटन क्षेत्रमा समेटिएका छन् ।


उद्योग तथा खानी क्षेत्रमा चुनढुंगा र कच्चा रत्न उत्खनन् उद्योग, प्लाइउड उत्पादन गर्न काष्ठ उद्योग, जडीबुटी संकलन तथा प्रशोधन उद्योग, सिमेन्ट उद्योग, फलाम उत्खनन् उद्योग, कृषि औजार उत्पादन कारखाना, प्राकृतिक ग्यास र अर्गानिक मल उत्पादन, गन्धक उद्योग, खरी उद्योग, चुनढुंगा उद्योग समावेश गरिएको छ ।

कृषि क्षेत्रमा सिंगल सुपरफोस्फेट मल उत्पादन कारखाना, दाना उद्योग, भेडाच्यांग्रा फार्मिङ ९मासु तथा ऊन उत्पादन, प्रशोधन र बजारीकरण०, व्यावसायिक दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरण, ह्याचरी उद्योग, सुन्तला जात फलफूल उद्योग स्थापना ९जेली, जुस, जाम उद्योग०, अदुवा, बेसार, खुर्सानीलगायत मसला उद्योग, स्याउ र अन्य फलफूलबाट तयार हुने वाइन तथा डिस्टिलरी उद्योग, अर्गानिक रैथाने बाली उत्पादन तथा प्रशोधन प्लान्ट, धान प्रशोधन प्लान्ट, गहुँ प्रशोधन प्लान्ट, जैतुन प्रशोधन प्लान्ट, तेलहन बाली उद्यम, माछा उद्यम, केरा उद्यम, कफी उद्यम, खाद्यान्न तथा तरकारीको बीउ प्रशोधन उद्योग, ओखर, पिकानट, किवी, स्याउ, सुन्तला लगायतका फलफूलको व्यावसायिक बगैंचा स्थापना जस्ता आयोजना समेटिएका छन् ।

कागज उत्पादन गर्न शुक्लाफाँटा घाँस उद्योग र बडु तथा बावियोबाट नेपाली कागज उत्पादन गर्न नेपाली कागज उद्योग वन क्षेत्रमा प्रस्ताव गरिएको छ । सुदूरपश्चिम सार्वजनिक यातायात, ९ जिल्लामा २५ वटा चार्जिङ स्टेसन, बडिमालिका केबलकार, चिसापानी–राजकाँडा केबलकार, गोदावरी–बूढीतोला केबलकार पूर्वाधार तथा यातायात क्षेत्रमा प्रस्ताव गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेको धनगढी–अत्तरिया मोनोरेल समावेश गर्ने वा नगर्ने विषयमा समिति निर्णयमा पुग्न सकेको छैन ।

सात मेगावाटको नौगाड जलविद्युत आयोजना र ८ मेगावाटको सुर्नया जलविद्युत आयोजना ऊर्जा क्षेत्रमा समावेश गरिएको छ । प्रदेश सरकारले पाँच वर्षदेखि यी आयोजनाको सम्भाव्यता अध्ययन गरी परियोजना प्रतिवेदन बनाइरहेको छ । आईटी पार्क, डाटा सेन्टर प्रोजेक्ट र सूचना तथा जैविक प्रविधि प्रतिष्ठान सूचना तथा प्रविधि क्षेत्रमा समेटिएका छन् । सेती शिक्षण अस्पताल, पोलिटेक्निक इन्स्टिच्युट, बूढानीलकण्ठ मोडेलको निजी साझेदारीमा आवासीय माध्यमिक विद्यालय शिक्षा क्षेत्रमा समावेश गरिएको छ । यी आयोजना लगानी सम्मेलनमा पेश गरिनेछ । उद्योग, व्यवसाय, बैंकिङ लगायतका क्षेत्रका सम्भावित आयोजना माग गरिएको समितिका सदस्य सुनारले बताए ।आयोजना थपघट हुने सम्भावना रहेको उनले बताए । आयोजनाको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियत लगायतका प्राविधिक पक्षबारे विज्ञहरुले गृहकार्य गरेपछि मूल आयोजक समितिले अन्तिम निर्णय गर्ने उनले बताए ।