डडेल्धुराको रडुवामा आएको सुख्खा पहिरोले सडक अवरुद्ध
2024/03/08, 11:48
 
dd

डडेल्धुराको रडुवामा आएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ।

बिहीवार साँझ आएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो। आज बिहानसम्म साना गाडीका लागि बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

पहिरो पन्छाउने काम सुचारु रहेकाले ठुला गाडीका लागि भने अबको २/३ घन्टामा अवरुद्ध सडक खोलिने प्रहरीले जनाएको छ। पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु आलपत्र परेका थिए।