
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमवारदेखि भारतको गोवाबाट सम्पर्क विहीन भएकी आरती हमाल परिवारको सम्पर्कमा आएकी हुन्।

पारिवारीक स्रोत अनुसार उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्। आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्। अहिले उनी सम्पर्कमा आएपछि बैनी आरजु हमाल र उनका श्रीमान् रीतेज भट्ट गोवा पुगेका छन् ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएपछि परिवारले खोजिदिन सबैमा आग्रह गरेका थिए । आरती ओशो साधक हुन । परिवारका अनुसार ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 4:39
2020/11/05, 2:07
2021/06/05, 4:11
2022/01/20, 12:02
2023/02/06, 3:45