सुदूरपश्चिममा अब सवारी जरिवानाको रकम सोझै बैँकमा
2024/04/01, 2:48
 
ss

सुदूरपश्चिममा पहिलोपटक जरिवानाको रकम सोझै ट्राफिक प्रहरीको बैंक खातामा संकलन हुने मेसिन जडान भएको छ। किस्को मेसिन अर्थात सवारीसाधनबाट संकलित विभिन्न शिर्षकको रकम सोझै बैंक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याएको छ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका बाहिर सुदूरपश्चिम प्रदेशमा पहिलोपटक किस्को मेसिन अथात् सवारीसाधनबाट संकलित विभिन्न शिर्षकको रकम सोझै बैँक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याएको हो।  आइतबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक९एसपी०राजिवबहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा उक्त मेसिनको उद्घाटन गरेका हुन्।

मेसिनले सेवाग्राहीले ट्राफिकको फाइन तिर्न अब बैंक धाउने बाध्याताका अन्य गराउने वस्नेतले बताए ।यस्तै ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता अनिल कुमार उप्रेतीले मेसिन काठमाडौ उपत्यका बाहिर सुदूरपश्चिमका ७ ठाउमा पहिलो पटक राखिएको बताए ।उनकाअनुसार मेसिनले बैंकमा पैसा जम्मा गर्ने, रिचार्ज गर्ने जस्ता सवा प्रवाह गर्ने छ । यो मेसिन कैलाली र कञ्चनपुरका सात स्थानमा सञ्चालन गरिएपनि चाडै पहाडी जिल्लामा समेत विस्तार गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।