रेशम चौधरी पक्षले बोलायो केन्द्रीय समिति बैठक
2024/04/02, 1:49
 
ss

नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ । २७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय समितिलाई नै निरन्तरता दिएको छ । तर पहिलो महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

नाउपाको पार्टी कार्यालय काठमाडौँमा २३ र २४ गते बस्ने बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नाउपामा संरक्षक रेशम र अध्यक्ष रञ्जिताबीच विवाद चलिरहेका बेला महासचिव चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको बैठक बोलाएका हुन् । जबकी उक्त कार्य समितिलाई निर्वाचन आयोगले यसअघि नै अवैध ठहर गरिसकेको छ ।