
नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।

खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । बझाङ प्रदेश सभा ९१० मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए ।

‘सभापतिज्यूले हिजो जे प्रस्ताव गर्नुभएको थियो आज त्यही निर्णय भयो’, बैठकमा सहभागी ती नेताले भने । संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00