
नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै श्रीमतीले केहि दिन अगाडी चैत २० गते बलात्कारको जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए ।
उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए।

ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 4:39
2020/11/05, 2:07
2021/06/05, 4:11
2022/01/20, 12:02
2023/02/06, 3:45