धनगढीमा तार संगै ट्रकमा लछारिएकी पन्त ३५ दिनदेखी अचेत अवस्थामा
2024/04/05, 11:55
 
dd

धनगढीमा मर्निङ वाक गरिरहेकी बृद्धा सडकको तार बेरिएर ट्रक संगै लछारिएकी बृद्धा ३५ दिनदेखी अचेत छिन् । धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ५ तारानगरकी ७० बर्षिय इन्द्रा पन्त ३५ दिनदेखी अचेत अवस्थामा छिन् । गत फागुन १६ गते बिहानै मर्निङ वाक पन्तलाई धनगढीको एक्सिस बिद्याश्रमको चोकदेखी करिब बालमिकि स्कुलसम्म डेलिभरी मिनि ट्रकले लछारेर घाइते बनाएको थियो ।

सडक क्षेत्रमा रहेका टेलिफोन र इन्टरनेटका तारमा सहित ट्रक संगै लछारिएकी उनलाई बालमिकि स्कुल नजिक स्थानियले उद्धार गरेर उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धनगढीकै मायामेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ ।

सडकको फुटपाथमा छरिएका टेलिफोनको तार ट्रकमा अडकिएर फुटपाथमा हिडदै गरेकि पन्तको खुट्टालाई बेरेपछि उनि ट्रक संगै लछारिन पुगेकी हुन् । करिब ३०० देखि ५०० मिटर अगाडि लछारिएकी उनको टाउका तथा घुँडामा गम्भिर चोट लागेको छ । टाउकोकै चोटका कारण उनि अँझै होसमा आउन सकिरहेकी छैनन् । आफन्तका अनुसार हालसम्म पन्तको उपचारमा २० लाख बढी खर्च भइसकेको छ । आफन्तहरुले टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनिहरुको लापरबाहीका कारण घटना घटेको बताएका छन् । सम्बन्धित निकायले मर्मत सम्भार गरेको भए घटना नघट्ने आफन्तको बुझाई छ । यस्तै धनगढी उपमहानगरपालिकाले यस्ता कमी कमजोरीको पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

ठुलो घटना घट्दा समेत सम्बन्धित कम्पनि र स्थानिय तहले चासो नदिएकै कारण अब कानुनी लडाई लड्ने योजनामा आफन्त छन् । पन्तका भाई क्याप्टेन बेद उप्रेतीले फुटपाथको स्थितीबारे सम्बंधीत निकाय मा खबर गरेपनि स्थिती बिकरालनै रहेपछि अदालतमा मुद्धा दर्ता गर्ने तयारी रहेको बताएका छन् । टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनि र धनगढी उपमहानगरपालिकाले आवश्यक क्षतीपुर्ती नब्यहोरे न्यायका लागी अदालत जाने उनले उल्लेख गरेका छन् ।

हाल ट्रकलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्र कार्कीले बताए । उपचारका लागी उचित ब्यवस्थापन गर्ने सहमती ट्रक मालिक र पिडित बिच भएको उनले बताए ।