
कैलालीको लम्कीचुहामा आगलागी हुँदा ४ लाखको धनमाल जलेर नष्ट भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बि।कको गोठमा बिहीबार आगलागी भएको हो।

आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी, काठपात, गोरुगाडा, पराल, साईकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको बताइएको छ। उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32