दुइजनाको दावीपछि मुख्यमन्त्री नियुक्तिमा सकस
2024/04/14, 6:43
 
dd

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागी नागरिक उन्मुक्ती पार्टीकै २ जनाले दावी पेस गरेका छन् । मुख्यमन्त्रीका लागी दावी पेस गर्न प्रदेश प्रमुख नाजिर मियाले समय दिएको अन्तिम दिन उन्मुक्तीकै दुई प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । उन्मुक्तीमा संरक्षक रेशम चौधरी पक्षका लक्ष्मण किसोर चौधरी र अध्यक्ष रञ्जिता पक्षका कैलास चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् ।

मुख्यमन्त्रीका लागि दोहोरो दाबी परेपछि मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादीकोपनि समर्थन छ । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ ।

दोहोरो दाबी परेपछि आज मुख्यमन्त्री नियुक्ति नहुने सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए । ‘दोहोरो दाबी परेको छ । अब अध्ययन गरेर मात्रै प्रदेश प्रमुखले निर्णय लिनुहुन्छ’, ढुङ्गानाले भने, ‘त्यसैले आज मुख्यमन्त्री नियुक्ति सम्भव भएन ।’ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको १० दिनको समय आज ५ बजे सकिएको छ ।