कैलालीमा लागुऔषध सम्बन्धीका ८ सय १२ मुद्धा दर्ता, १ हजार ८३ जना प्रयोगकर्ता पक्राउ
2024/04/15, 1:58
 
ss

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीमा लागुऔषध सम्बन्धी मुद्धादर्ता हुने क्रममा बृद्धि भएको छ । पछिल्लो तिन आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार लागुऔषध सम्बन्धीका ८ सय १२ वटा मुद्धा दर्ता भएका छन् । सो अवधीमा १ हजार १ सय ८३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । आर्थिक बर्ष २०७८/२०७९ मा जम्मा २ सय १ लागुऔषध सम्बन्धी मुद्धादर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सो अवधीमा २९७ पुरुष, १८ महिला गरी ३१५ जना पक्राउ परेका छन् । ४६९ ग्राम ६१२ मिलीग्राम खैरोहिरोइन, ३ हजार ५ सय ५५ट्याब्लेट नाइट्रोभेट, १ हजार २१५ क्याप्सुल स्याम्पो,४४ किलो ४७५ ग्राम ७९७ मिलीग्राम चरेश,८० क्याप्सुल नाइट्राजपाम,२३ थान प्रोयल स्पान,२८ दशमलब २ ग्राम गाँजा र ८ थान ट्रामाडोल, मनोदिपक २० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए।


यस्तै आर्थिक बर्ष २०७९र८० मा लागुऔषध सम्बन्धी मुद्धादर्ता संख्या बढेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कमा उल्लेख गरिएको छ। सो आर्थिक बर्षमा ३ सय ४७ लागुऔषध सम्बन्धी मुद्धादर्ता भएका छन् । सो अवधीमा ब्राउन सुगर,नाइट्रोभेट,चरेश मुद्धा शिर्षकमा ४७३ पुरुष र ४९ महिला गरी ५२२ जना पक्राउ परेका छन्। साथै ७११ ग्राम ८४१ मिलीग्राम खैरो हिरोइन, ६७९ ट्याब्लेट नाइट्रोभेट,२४४ क्याप्सुल स्याम्पो, ४८ किलो ३३१ ग्राम चरेश, १२०० क्याप्सुल नाइट्राजपाम, ४८ किलो २५ ग्राम गाँजा, ड्राईजापाम ६ ब्रुनुफिन ७ बरामद गरिएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीको अनुसार आर्थिक बर्ष २०८०र८१ सम्ममा लागुऔषध सम्बन्धी मुद्धादर्ता संख्या २६४ पुगेको छ । चालु आर्थिक बर्ष सकिन ४ महिना बाँकी रहँदा लागुऔषध सम्बन्धी मुद्धादर्ता संख्या बढ्ने तथ्याङ्कले देखीएको छ । चालु आर्थिक बर्षको ९ महिनामा ३२२ पुरुष, २३ महिला गरी ३४६ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट गरी २७ किलो ३१९ ग्राम चरेश,२५९ ग्राम ४१७ मिलिग्राम हिरोईन, ब्राउन सुगर, ८९ ट्याब्लेट नाइट्रोभेट,१० ट्याब्लेट स्पाम, १५१ क्याप्सुल ट्रमाडोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक बोहराले जिल्लामा लागुऔषध र प्रयोगकर्ता दैनिक रुपमा समातिने गरेको भन्दै स्थीती भयावह रहेको बताए। बिशेष गरी खुलासिमानाका कारण लागुऔषधी भित्रिरहेकाले प्रहरी सुरक्षा निकाय र सम्बन्धीत सरोकारबालाहरुले नियन्त्रणमा जुटीरहेको बताए । पछिल्लो समय लागुऔषधमा पुरुषमात्र नभएर महिलापनी संलग्न भैरहेका छन् । १२र१३ बर्ष उमेर समुहका युवा युवती देखी महिला लागुऔषध प्रयोग संलग्न भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बोहराले लागुऔषध स्वयम ब्यक्ती सचेत बन्ने, घरपरिवार समाज लगायत बिभिन्न निकायबाट सहकार्य भए नियन्त्रण हुने प्रतिबद्यता ब्यक्त गरेका छन् ।