कैलालीमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
2024/04/18, 1:09
 
ss

कैलालीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–५ गेटामा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सु प०१–००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने ६५ वर्षीय कृतबहादुर बमको बुधवार साँझ मृत्यु भएको हो।

ठक्करबाट गम्भिर घाईते भएका बमको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।

पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन्। चालकको खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बोहराले जानकारी दिए।