डडेल्धुरामा कार दुर्घटना, एक जनाको मृत्यु
2024/04/23, 2:05
 
ss

डडेल्धुरामा कार दुर्घटना भएको छ। आज मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

अमरगढी–७ कै केशव भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ। रोशन भट्टराई घाइते भएका छन्। उनलाइ डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।