
डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

बुधबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा आउँदै गरेका जानकी गाउँपालिका कटासे कैलालीका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो । उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छन् ।
भीमदत्त राजमार्गअन्तर्गत बुडर क्षेत्रमा डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो। उपचारमा क्रममा श्रीमान्को मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04