
कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ करोड ६५ लाख खर्च गरेको जनाएको छ । केन्द्र सरकारबाट पाएको २१ लाख, प्रदेश सरकारबाट पाएको ४५ लाख र अन्य आफ्नै कोषबाट खर्च रकम गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताए ।

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक करोडको कोष खडा गरेको थियो । फेरि त्यसमा डेढ करोड रकम थप भएको थियो । नगरपालिकाले पिपीई, भिटिएम, आरटिडी किट खरिद तथा आईसोलेसन र क्वारेन्टिनमा बसेकाहरुको खाना नास्तामा सो रकम खर्च गरेको प्रशासकीय बिष्टले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 12:27
2020/12/05, 12:31
2024/05/11, 3:19
2021/08/08, 2:15