बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३८.८१ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १९९ कम्पनीको शेयरमूल्य बढ्दा ४० को घट्यो भने ५ कम्पनीको स्थिर रहेको छ । सात कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।आजको कारोबारमा मिथीला लघुवित्त वित्रीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १७६४ रुपैयाँमा झरेको छ । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
2024/11/27, 5:11
2024/11/27, 5:07
2024/11/27, 4:49
2024/11/27, 4:39
2024/11/27, 5:11
2024/11/27, 5:07
2024/11/27, 4:49
2024/11/27, 4:39
2021/03/02, 12:58
2021/09/30, 11:38