
बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताए ।
बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/06/21, 4:49