
नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ। चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो। बिहीबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँ निकाल्नभन्दा धेरै पैसा एटीएमबाट झिक्न नपाइने जनाएको छ।

यो सीमालाई बैंकहरुले घटाउन पनि सक्ने राष्ट्र बैंकले जनाएको छ। यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43