भारतमा बनिरहेको कोरोना भाइरस विरुद्धको दुई वटा खोप छिट्टै मानिसमा परीक्षण हुने
2020/07/15, 11:00
 
corona

 भारतमा बनिरहेको कोरोना भाइरस विरुद्धको खोप छिट्टै नै मानिसमा परीक्षण हुने भएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भइरहेको बताए  । उनका अनुसार  खोप मुसा र खरायोमा सफल परीक्षण भइसकेको छ । अब मानिसमा परीक्षण गर्नका लागि भारतको ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृति दिइसकेको छ ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन् । दुबै कम्पनीले आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको बताएका छन् ।

भारतमै सङ्कलन गरेर प्रयोगशालामा निस्तेज बनाइएका कोरोना भाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो । खोपलाई कोभ्याक्सिन नामकरण गरिएको छ । अब दुवै खोप १/१ हजार जनामा परीक्षण हुने भएको छ ।

अहिले भारतसहित रुस, चीन, अमेरिका, बेलायत लगायतका देशले पनि खोपको विकास गरिरहेका छन् ।