सुदुरपश्चिम फाउन्डेसनद्वारा अशक्त युवतीलाई खाद्यान्न सहयोग
2020/05/14, 5:06
 
help

कैलालीमा रुखबाट लडेर ढाड भाँचिएर पूर्ण अशक्त भएकी युवतीलाई सुदुरपश्चिम फाउण्डेसन लगायतका संस्थाले खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ ।  फाउण्डेससँगै राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सिञ्जा रावत, नेपाल पारा ओलम्पीक कमिटी सुदूरपश्चिमको आर्थिक सहयोगमा धनगढीको फुलबारीकी २२ वर्षीया टीका पुरीलाई चामल, तेल, नुन लगायतका खाद्य सामग्री सहयोग गरिएको हो ।

पुरीलाई एक क्वीन्टल चामल, १० किलो दाल, ३० प्याकेट नुन, २० प्याकेट तेल, नुहाउने तथा लुगा धुने गरी २०÷२० प्याकेट साबुन एवंम् ४० प्याकेट कपडा धुने सोडा सहयोग गरिएको सुदूरपश्चिम फाउण्डेसनका अध्यक्ष भरत शाहले जानकारी दिए । अहिले गौरीगंगा नगरपालिकाको मंगलपुर स्थित काकाको घरमा बस्दै आएकी उनलाइ घरमै पुगेर सामग्री हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।

२०७४ बैशाखमा घाँस काट्ने क्रममा रुखबाट लडेर उनको ढाड भाँचिएको थियो । उनका बुवा भारतमा मजदुरी गर्दै आएका छन् ।