धनगढी उपमहानगरपालिकामा अख्तियारको छापा, राहतको चामल खरिद प्रक्रियाका सबै कागजात कब्जामा
2020/05/14, 5:59

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उप–महानगरपालिकाको कार्यालयमा छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उप–महानगरपालिकामा आज छापा हानेर राहतको चामल लगायतका सामाग्री खरिद प्रक्रियाका सबै कागजात कब्जामा लिएको हो ।

राहतका सामाग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे छानविन गर्न सबै कागजपत्र नियन्त्रण लिईएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले बताए ।
धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो । सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04