सुदूरपश्चिममा परीक्षण गरिएका १४ प्रतिशतमा संक्रमण पुष्टि
2020/07/19, 8:43
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गरिएका १४ प्रतिशतमा मात्र कोरोना पुष्टि भएको पाईएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम सहित प्रदेश बाहिरका प्रयोगशालामा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण गरिएका १४ दशमलव १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

शनिबारसम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिममा २८ हजार पाँच सय ५० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा चार हजार २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये निको भएर घर फर्किनेको प्रतिशत धेरै रहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार संक्रमित मध्ये ४१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् । शनिबारसम्म एक हजार ६ सय ६८ संक्रमित अस्पताल तथा क्वारेन्टिनबाट डिस्चार्ज भईसकेका छन ।

प्रदेशमा ८ जना संक्रमितको भने मृत्यु भईसकेको छ । जुन कुल संक्रमितको शुन्य दशमलव १९ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ५४ जना संक्रमित रहेका छन् । कैलालीपछि अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।