सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे चार नाघ्यो
2020/07/19, 5:30
 
corona

सुदूरपश्चिममा आज २६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा कैलालीका २४ र डडेल्धुरा प्रयोगशालामा डडेल्धुराका दुई गरी थप २६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  सेती अस्पतालको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको बताए । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पाँच महिला र १९ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक महिना र ६ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गौरीगंगा नगरपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

थप २६ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा नौँ सय ७८, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९७, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।