सुदूरपश्चिम प्रदेशमा २९ हजार बढीको पीसीआर विधिबाट कोरोना परीक्षण 
2020/07/20, 10:48
 
corona

सुदूरपश्चिम प्रदेशमा २९ हजार बढीको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालय डोटीले आईतबार सम्म सुदूरपश्चिम सहित अन्यत्रका प्रयोगशालामा समेत गरी २९ हजार १४ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र १४ हजार एक सय ७७ जनाको कोरोना परीक्षण गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । जसमध्ये १३ हजार ४८ जनाको रिर्पोट नेगेटिभ र एक हजार एक सय २९ जनाको रिर्पोट पोजेटिभ आएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

धनगढी प्रयोगशालामा आईतबार मात्र तीन सय ६४ जनाको परीक्षण गरिएको थियो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १३ हजार सात सय दुई जनाको नमुना परीक्षणका लागि पठाएकोमा ९७ जनाको रिर्पोट आउन बाँकी रहेको छ । अहिलेसम्म सुदूरपश्चिम र अन्यत्रका प्रयोगशालामा परीक्षण गराएका २५ हजार बढीको रिर्पोट नेगेटिभ आएको छ ।