सुदूरपश्चिमका ४८ जनाका मात्रै अस्पतालमा उपचार हुदैं, १६७९ संक्रमित घर फर्किए
2020/07/20, 2:11
 
corona

साढे चार हजार संक्रमित रहेको सुदूरपश्चिम प्रदेशका ४८ संक्रमितको मात्रै विभिन्न अस्पतालमा उपचार भईरहेको छ । बाँकी दुई हजार तीन सय बढीको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ ।

मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई÷दुई जना गरी ४८ जनाको उपचार भईरहेको छ । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय ७९ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक हजार ६ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार आईतवार मात्रै कञ्चनपुरका ९ र अछामका दुई गरी ११ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ९९, अछामका तीन सय ६४, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनालई डिस्चार्ज गरिएको छ ।

डोटीका एक सय ५७, कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । 
सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ५४ पुगेको छ ।