सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४०९५ पुग्यो, कुन जिल्लामा कति ? 
2020/07/20, 8:50
 
corona

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या चार हजार एक सय नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुदुरपश्चिममा चार हजार ९५ जना कोरोना संक्रमित पुगेको जानकारी दिए ।  उनका अनुसार हालसम्म संक्रमण पुष्टि भएका एक हजार ६ सय ७९ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौँ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय २६, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका चार सय ६३, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७३ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिममा सोमवार मात्रै ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको बताए । डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने आज एक जनामा मात्रै कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको बताए ।