सुदुरपश्चिममा अझै केही दिन झरी पर्ने, महाकाली र कर्णालीमा जलस्तर बढ्यो
2020/07/21, 9:18
 
river

देशका धेरै ठाउँमा पानी परेको छ । सुदूरपश्चिम अझ धेरै पानी परिरहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालमै रहेकाले अझै केही दिन झरी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने क्रम कम हुँदै जाने तर पानी पर्न भने नरोकिने उनले बताए । 

लगातार झरी परेपछि विभिन्न नदीमा ठूलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका महाकाली र कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । यी नदीमा बाढी आएकाले नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको महाशाखाका हाइड्रोलोजिस्ट सुनिल पोख्रेलले जानकारी दिए ।  

निरन्तरको वर्षाका कारण कर्णाली र महाकालीमा पानीको बहाव अझ बढ्ने सम्भावना छ । नदीले पनि क्षति पु¥याउन सक्ने भएकोले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन् ।