सुदुरपश्चिममा सवैभन्दा वढी एक्टिभ कोरोना
2020/07/22, 6:46
 
corona

नेपालमा कोरोना भाइरसका सक्रिय केस सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिममा मंगलबारसम्म एक हजार ९९२ जनामा कोरोना भाइरसका सक्रिय केस रहेका छन् ।

यो संख्या मुलुकका सातवटै प्रदेशमध्येको सबैभन्दा बढी हो । मन्त्रालयका अनुसार नेपालभर मगलबार सम्म पाँच हजार ४७७ कोरोनाका सक्रिय केस रहेका छन ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार दुई सय दुई जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका चार सय ८३, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७७ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।

 

सुदूरपश्चिमपछि प्रदेश २ मा दोस्रो बढी सक्रिय केस रहेका छन । प्रदेशमा हाल एक हजार ९१३ सक्रिय केस रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  सबैभन्दा कम सक्रिय केस प्रदेश १ मा रहेको छ ।

सो प्रदेशमा हाल १०८ सक्रिय केस छन । यसैगरी, बागमती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा ३८०, प्रदेश ५ मा ३७० र कर्णाली प्रदेशमा २९३ जनामा कोरोना भाइरसका सक्रिय केस रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

नेपालमा मंगलबारसम्म कूल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । संक्रमितमध्ये ६९.३ प्रतिशत अर्थात् १२ हजार ४७७ जना उपचारपछि निको भइसकेका छन् ।