
सुदुरपश्चिममा लकडाउन खुलेसँगै चहलपहल बढेको छ । सरकारले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै सुदुरपश्चिमका वजारहरुमा चहलपहल बढेको हो ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सवारी साधान निर्बाध रुपमा चलेसँगै चहलपहल बढेको हो । एक सय २० दिन लामो बन्दाबन्दीको अन्त्यसँगै लकडाउन खुलेपछि चहलपहल वढेको हो । लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ । योसँगै धनगढीका सडकमा सवारी चाप बढ्न थालेको छ ।

निजि सवारी साधनहरुको संख्या वढेसँगै सवारी साधनहरुको चपा पनि वढ्न थालेको छ । किनमेल गर्नेहरुको संख्या पनि वढ्दै गएको छ । बन्द रहेका पसलहरु पनि धमाधम खुल्न थालेका छन् । कोरोनाको प्रभाव घट्दै गएपछि बजारमा व्यवसायहरुमा पनि वृद्धि भएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04