देशभरमा सुदूरपश्चिमका सबैभन्दा धेरै ६ हजार जना क्वारेन्टिनमा
2020/07/23, 6:30
 
corona

नेपालमा हाल २० हजार भन्दा बढी मानिस क्वारेन्टाइनमा रहेको अवस्थामा सुदुरपश्चिममा सवैभन्दा वढी रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार सुदुरपश्चिममा सवैभन्दा वढी क्वारन्टिनमा रहेका छन् ।

प्रदेश सामाजिक विका मन्त्रालयका तथ्यांक अनुसार हाल सुदुरपश्चिममा ६ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन । हाल नेपालमा २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । सुदुरपश्चिमका ५६ हजार ७ सत १४ वेड क्षमताको क्वारेन्टिनमा रहेका मध्ये पुरुष चार हजार चार सय ९५ जना र महिला एक हजार पाँच सय ४३ जना रहेका छन् । पछिल्लो समय क्वारेन्टिनमा बस्नेहरुको संख्या घटिरहेका छन् । 

कुन प्रदेशमा कति छन् क्वारेन्टिनमा ?
प्रदेश नं १ मा २ हजार ५ सय ५८ जना
प्रदेश नं २ मा २ हजार ३ सय ९७ जना
वाग्मती प्रदेशमा १ हजार ४ सय ८४ जना
गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना
प्रदेश नं ५ मा ३ हजार २ सय २४ जना
कर्णाली प्रदेशमा १ हजार ३ सय ८ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ३८ जना