
अखाद्य बस्तु बेचबिखन गरेको भन्दै धनगढीको एक किराना पसललाई १५ हजार जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले धनगढीको जैसवाल किराना पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनका अनुसार अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएपछि उपमहानगरपालिका २ मेन रोडमा रहेको जैसवाल किराना पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
उपभोग्य म्याद सकिएको अखाद्य बस्तु र भन्सार छली गरी अवैध रूपमा आयात गरिएका सुर्तीजन्य वस्तु बिक्री गरेको र खरिद बिल देखाउन नसकेपछि जरिवाना गरिएको उनले बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिहीबार धनगढीका ७ किनारा पसलमा अनुगमन गरेको थियो । अन्य पसलमा भने अखाद्य बस्तु नभेटिएको पुनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27