राहतमा कुहिएको चामल प्रकरणः ४ वडामा २० हजार २६५ किलो कुहिएको चामल भेटियो
2020/05/15, 2:18
 
chamal

राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले दोस्रो दिन पनि छानविन र अनुगमनको काम जारी राखेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले दोस्रो पनि आफ्नो कामलाई निरन्तरता दिएको हो ।

2

काम थालेको दुई दिनमा छानविन समितिले चार वडामा एक हजार तीन सय ५१ कट्टा  कुहिएको र किरा परेको चामल फेला पारेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ वडा नम्बर ५ वडा नम्बर २ र वडा नम्बर १ मा १५ किलोका एक हजार तीन सय ५१ कट्टा    आखद्य चामल फेला पारेको हो । १५ किलोका एक हजार तीन सय ५१ कट्टालाई हिसाब गर्दा २० हजार २६५ किलो हुन आउँछ । 

3

पहिलो दिन वडा नम्बर ४ मा २ सय ६९ कट्टा चामल कुहिएको फेला परेको थियो । दोस्रो दिन अनुगमन समितिले वडा नम्वर ५ का वासिन्दालाई वितरणका लागि सामुदायिक प्रहरी कार्यालयमा राखिएको चामलको अनुगमन गरेको छ । अनुगमनका क्रममा वडा नम्बर ५ का लागि राखिएको चामल समेत कुहिएको र किरा परेको फेला परेको छ ।  वडा नम्वर ५ मा १५ किलो तौल भएका कठ्ठा चामल कुहिएको फेला परेको हो । १५ किलोका ८ सय ८७ कट्टा चामल कुहिएको र किरा परेको भेटिएको छानविन समितिले जनाएको छ । 

4

यसैगरी छानबिन समितिले दोस्रो दिन वडा नम्बर १ र २ मा पनि वितरणका लागि राखिएको चामलको अनुगमन गरेको छ । वडा नम्बर १ मा ९ मा ९५ कट्टा र वडा नम्बर २ मा एक सय कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ । १५ किलोका एक सय ९५ कट्टा कुहिएको र किरा परेको चामल पाईएको छ । यो समाचार तयार पारुन्जेल दोस्रो दिन पनि छानविन समितिले अनुगमनलाई जारी राखेको छ । 

छानविन समितिलाई तीन दिन भित्रै प्रतिवेदन बुझाउन समय सीमा दिईएको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।