
सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको हो । आईतबार मात्रै थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये सुदुरपश्चिममा ८ जनाको मृत्यु भईसकेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07