आज साउनको दोस्रो सोमबार: भगवान शिवको प्रिय दिन, यसरी गर्नुहोस् पूजा
2020/07/27, 7:11
 
sawan

आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरिदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधनाका लागि शक्तिपीठहरुमा भक्तजनहरु जाने गर्दछन् । 

तर यसवर्ष कोरोनाका कारण धेरै शक्तिपीठहरु खुलेका छैनन् भने धेरै जना एकै ठाउँमा भेला हुन नपाउने सरकारको निर्देशन अनुसार कतिपयले घरमै र कतिले नजिकैको शिव मन्दिरमा सामाजिक दूरी कायम गरेर पूजा आराधाना गरिरहेका छन् । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । विशेषगरी महिलाहरुले हरियो, पहेलो र रातो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन् । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने जनविश्वास छ ।