सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४२४७ पुग्यो
2020/07/27, 5:40
 
corona

सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार १४ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको हो । अछामको मेल्लेख गाउँपालिकाका तीन जना महिला र १३ जना पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्लामा दुई बर्षीया बालिकामा समेत कोरोना देखिएको छ । यस्तै दार्चुलाका ५ बर्षीय बालकमा समेत कोरोना पुष्टि भएको उनले बताए । यस्तै डडेल्धुरा प्रयोशालामा भएको परीक्षणमा सोमवार बैतडीका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले बताए । 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ४७ पुगेको छ भने ९ जनाको मृत्यु भईसकेको छ । संक्रमण पुष्टि भएका दुई हजार सात सय ५१ जना डिस्चार्ज भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ७८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ७९ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो ।